काठमाडौं, २ वैशाख । औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गीले जिम्मेवारी पाएकी छिन् । उनी विभागमा वरिष्ठ औषधि व्यवस्थापकमा कार्यरत दशौं तहकी कर्मचारी हुन् । महानिर्देशक नारायण ढकाल विवादमा तानिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन् ।
खड्गीलाई अर्को व्यवस्था नहुँदासम्म महानिर्देशकले गर्ने आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरिएको हो । समुह मिल्ने ११ औं तहका भरत भट्टराई भएपनि खड्गीलेनै जिम्मेवारी पाएकी छिन् । यसअघि भरत भट्टराई र नारायण ढकाल आलोपालो महानिर्देशक हुने गरेका थिए ।

