काठमाडौं, २ वैशाख । केहिदिन अघि सरकारको नेतृत्व गरिरहेको राजनितिक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवी लामीछानेले प्रतिनिधि सभा बैठकमा भनेका थिए, ‘हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारिहरुले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनहुनेछ भन्ने अपेक्षा गर्छु ।’ उनले यो पनि भने , ‘सरकारले अब नयाँ नीति, कानुन, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुुक्ति प्रक्रिया लागू गर्नेछ ।’
मुख्यतः सरकारी अस्पतालहरुमा राजनितिक नियुक्तीबाटनै निर्देशक वा प्रमुख बन्ने चलन छ ।

स्वास्थ्य मन्त्रालयको सिफारिस र मन्त्रिस्तरीय निर्णयका आधारमा वीर अस्पताल, कान्ति बाल, र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र जस्ता महत्वपूर्ण निकायहरूमा निर्देशकहरू नियुक्त हुने गरेका छन् । पछिल्लो पटक २०८२ मंसिरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठ र २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्मा र नियुक्त हुनुभएको छ । डा.श्रेष्ठ तत्कालीन स्वास्थ्य मन्त्री सुधा शर्मा गौतमको समयमा नियुक्त हुनुभएको हो । यस्तै, डा.शर्मा प्रदिप पौडेल स्वास्थ्य मन्त्री हुनुभएको समयमा निर्देशकमा नियुक्त हुनुभएको हो । न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा.शर्मा सहित डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए ।

२०७८ भदौमा तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पालामा डा. अजित रायमाझी कान्ति बाल अस्पतालमा नियुक्त हुनुभएको थियो । त्यसपछि २०८० भदौ १३ मा कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा. पंकज रायले पाएका थिए । तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै कान्ति बाल अस्पतालमा कार्यरत ११औँ तहका डा. रायलाई निर्देशकमा नियुक्त गरेका थिए । २०८० जेठमा मन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति गृहमा डा. श्रीप्रसाद अधिकारीलाई जिम्मेवारी दिनुभएको थियो । त्यसैगरी, हालै २०८२ पुसमा तत्कालीन स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले वरिष्ठताका आधारमा डा. रुद्र मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरीटेण्डेण्टमा नियुक्त गर्नुभएको थियो । जसले सरकारी स्वास्थ्य संस्थाहरूमा दलीय र मन्त्रीगत चाहनाअनुसार नेतृत्व परिवर्तन हुने परम्परालाई संकेत गर्छ ।

 

 

 प्रकाशित :-  २०८३ बैशाख २, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय