काठमाडौं: चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा यम बहादुर महत पुनः नियुक्त हुनु भएको छ।
ॐ हस्पिटल संचालक समितिको बैठकले उहाँलाई दोश्रो कार्यकालका लागि पुनः नियुक्ति दिने निर्णय गरेको हो । सिइओ महतले आज एक औपचारिक समारोहबीच दोश्रो कार्यकालका लागि पदबहाली समेत गर्नुभएको छ।
सिइओ महतको पदबहाली कार्यक्रममा अस्पताल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशी, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ, सि.एफ.ओ.धुर्व सुवेदी लगायतका उच्च पदस्थ अधिकारीहरु, अस्पताल कर्मचारी यूनीयनका अध्यक्ष केशव प्रसाद चौलागाई, यूनीयनका पदाधिकारीहरु, अस्पतालको विभिन्न विभागका विभागिय प्रमुखहरु तथा विभिन्न विभागमा कार्यरत कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
सिइओ महतको पदबहाली तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ॐ हस्पिटल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले अस्पतालको विकास र विस्तारमा कर्मचारी, सेयर होल्डर, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको मुख्य भूमिका रहने र व्यवस्थापनले आड र भरोसा दिएर सेवालाई चुस्त दुरुस्त राख्नुपर्नेमा जोड दिनुभयो ।
ॐ अस्पताल संचालक समितिलाई धन्यवाद दिनुहुँदै पुनःनियुक्त सिइओ महतले नयाँ कार्यकालमा अस्पताललाई निजी क्षेत्रको रोजाईको स्वास्थ्य गन्तव्यका रुपमा अझ धेरै परिचित गराउने साथै अत्याधुनिक चिकित्सा प्रणाली अङ्गिकार गरी अस्पतालमा भएका सम्पूर्ण विशिष्टिकृत सेवाहरुमा आम नेपालीको पहुँच हुनेगरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर डा.हरिश जोशी, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ र कर्मचारी युनियनका अध्यक्ष केशब प्रसाद चौलागाँईले अस्पतालको श्रीबृद्धिमा आगामी दिनमा पनि आफ्नो पूर्ण साथ रहने प्रतिबद्धता सहित उहाँलाई सफल कार्यकालकालागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
पोखरा विश्वविद्यालयवाट अङ्गेजी विषयमा एम.फिल., सिक्किम मनिपाल विश्वविद्यालयबाट मार्केटिङ विषयमा एम.बि.ए. र त्रिभुवन विश्वविद्यालयबाट बिजनेस डेभलपमेन्टमा स्नातकोत्तर गर्नुभएका महतले स्टान्डर्ड चार्टर्ड बैंक, तिलगंगा आँखा अस्पताल लगायतका संस्थाको नेतृत्वदायी पदहरुमा रहि सेवा गर्नुभएको छ।

