काठमाडांै, भदौ २७ । नर्सिङ तथा मिडवाइफरी शिक्षा, नीति तथा अध्यासका बिषयमा २ दिने अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबार देखि काठमाडौमा शुरु हुने भएको छ ।
सम्मेलन महाराजगन्ज नर्सिङ क्याम्पसले आयोजना गर्न लागेको हो ।
र्निर्सङ तथा मिड्वाइफरी शिक्षा, नीति तथा अभ्यासमा नविनताको खोजी’ नाम गरेको यो दुई दिने सम्मेलनमा नेपाल र अन्य देशका नर्सिङ विषयका प्राज्ञ, विद्यार्थी, प्रशासक, क्लिनिकल अभ्यासकर्ता, नीतिनिर्माता, स्वास्थ्य पेशामा संलग्न पेशाकर्मी सहित लगभग २७५ जना सहभागी हुनेछन् । स्वास्थ तथा जनसँख्यामन्त्री प्रदीप पौडेलले उक्त सम्मेलनको उदघाट्न गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौ स्थित चप्पल कारखानामा रहेको स्मार्ट दरबार ब्यान्क्वेटमा हुन लागेको यो सम्मेलनमा यौन तथा प्रजनन स्वास्थ्य, नवजात शिशु तथा बालस्वास्थ्यमा प्रमाणमा आधारित अभ्यास, मिडवाइफरीमा व्यावसायिकता, बाल तथा किशोर स्वास्थ्यमा प्रगति, विद्यालय स्वास्थ्य र स्वास्थ्य प्रवर्धन, सरुवा र नसर्ने रोग, मानसिक स्वास्थ्य, र लागु पदार्थ प्रयोग लगायतका विषयमा प्रस्तुती तथा छलफल हुनेछन् ।

यसैगरी सम्मेलनमा सहभागीहरूले नर्सिङ र मिडवाइफरी बिषयमा हालसालै गरिएका अनुसन्धानमुलक तथा समिक्षात्मक लेखहरू, बिभिन्न केस स्टडीहरू, विद्यमान नीति तथा अभ्यासका समिक्षात्मक अध्ययनहरु लगायतका अन्य केयन बिषयमा जानकारी तथा छलफल गर्ने अवसर पाउनेछन् ।

सम्मेलनमा “नर्सिङ अभ्यासको आगामी भविश्य र व्यवसायिक उन्नति’, स्वास्थ्य र स्वास्थ्य सेवामा समानताको लक्ष्य हासिल गर्न नर्स र मिडवाइफको भूमिका’, ‘नीति सुचित अनुसन्धानमा नर्सिङ व्यवशायी’, ‘नेपालमा नर्सिङ टास्क फोर्स व्यवस्थापन नीति मोडेल’, ‘नर्सिङ र मिडवाइफरी सेवा र स्वास्थ्य सेवा परिणामको अर्थव्यवस्था’जस्ता विषयमा मुख्य प्रस्तुति हुने तयारी छ ।

सम्मेलनमा हुने मुख्य प्रस्तुती, गहन छलफल र समसामयिक मुद्दाहरूमा हुने बहसले नर्सिङ प्रशासक,क्लिनिकल नर्स, विद्यार्थी लगायत समग्र नर्सिङ विषयसँग आवद्ध व्यक्तिहरुको व्यवशायिक उन्नयनमा सहयोग पुग्नेछ’, सम्मेलन आयोजक समितीकी अध्यक्ष तथा महाराजगन्ज नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. मुना राना थापाले भनिन्।

 प्रकाशित :-  २०८१ भाद्र २७, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय