काठमाडौँ, १६ भदौ । हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि ६४ वर्षीया पुनमाया तामाङ शनिबार अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाबाट आज हामफालेर उपचारको क्रममा मृत्यु भएको हो ।
उनको पाटन अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

हामफालेर गम्भीर घाइते भएसँगै उनलाई पाटन अस्पतालमा लगिएको थियो । उनी क्यान्सर विरामी हुन ।

हरिसिद्धिमा तामाङको थाइराइड क्यान्सरको उपचार भइरहेको थियो । प्रहरीले उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन्।

 प्रकाशित :-  २०८१ भाद्र १६, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय