काठमाडौँ, ८ भदौ । वर्खायाम लागेसंगै पानी परेपछि डेङ्गी र हैजा रोगको सङ्क्रमण पनि बढेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ ।
महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङ वाहेक सवै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको बताए ।
७५ जिल्लामा पाँच हजार ११९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै तीन जना डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।

उपत्यकामा ५५८
काठमाडौँ जिल्लामा ४२१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
बर्षाको वेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकोले डेङ्गुको सङ्क्रमण बढेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तगा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न आग्रह गरेको छ ।
सरकारी अस्पतालमा डेङ्गी रोगका विरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
हैजा पाँच जिल्लामा
यस्तै महाशाखाका अनुसार हैजाका विरामी ६७ जना पुगेका छन् ।
महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, मकवानपुर र कैलाली हैजाका विरामी भेटिएको बताए ।
उहाँका अनुसार ललितपुरमा ४७ काठमाडौँमा नौ जना, कैलालीमा ८ जना, प्यूठान दुई, मकवानपुर एक जनामा हैजा पुष्टि भएको छ ।
हैजा अति सङ्क्रामक र शिघ्र फैलिने झाडापखाला भएकोले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।

 प्रकाशित :-  २०८१ भाद्र ८, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय