काठमाडौं, २४ चैत । स्वास्थ्य विमा वोर्डको सदस्यमा जुनु श्रेष्ठ पुनः नियुक्त भएकी छिन् । श्रेष्ठ यसअघिपनि वोर्डको सदस्य थिइन् । यद्यपी लगातार तिनपटकसम्म अनुपस्थित भएपछि सदस्य पदबाट बाहिरीनुपरेको थियो । स्वास्थ्य बीमा ऐन २०७४ को दफा २५ को उपदफा १ ले निरन्तर तीन पटक बैठकमा अनुपस्थित भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।
वैठकमा उपस्थिति नभएपछि जुनुलाई हटाएर बोर्ड सदस्य रिक्त रहेको थियो । यद्यपी अहिलेपनि वोर्डको सदस्यमा उनको ठाउँमा रिक्त राखिएको छ । स्रोतका अनुसार श्रेष्ठ बोर्ड बैठकमा समेत सहभागि भएकी छिन् । बैठकमा अनुपस्थित भएपछि बोर्डले उनको पद रिक्त भएको जानकारी मन्त्रालयलाई गराए पनि हालै उनी शक्ति केन्द्रको प्रभावमा बैठकमा उपस्थित भएर हाजिर गरेकी हुन् । श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपककुमार शाहकी श्रीमती हुन् ।
यद्यपी श्रेष्ठले नियुक्ती सम्बन्धी आइरहेका खबरहरु भ्रामक रहेको बताइन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् भनेकि छिन्, ‘स्वास्थ्य बीमा बोर्ड सदस्यमा मेरो नियुक्ति २०८० सालमा भएको हो । २०८० सालमा भएको यो नियुक्ति चार वर्ष अर्थात २०८४ सालसम्मका लागि हो । अहिलेको पुनः नियुक्तिको विषय मेरो जानकारीभन्दा बाहिरको विषय हो । साथै, मैले यसबारे कुनै आधिकारिक जानकारी पाएको छैन् । तसर्थ, अहिलेको नियुक्ति सम्बन्धि आइरहेको खबर भ्रामक हो र त्यसप्रति मेरो खेद छ । ’ यस सम्बन्धि मेरो श्रीमानलाई नजोड्नुहुन म विनम्र आग्रह गर्दछु ।

