काठमाडौं । काठमाडौंको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएको छ। काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो ।
परिवार कल्याण महाशाखा अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले पोलियो भाइरस पत्ता लागेको जानकारी दिएका हुन् । उनले पोलियो मुक्त देश घोषणा भएको १४ वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनु चिन्ताको विषय भएको जानकारी दिए । पोलियो भाइरस व्यक्तिमा हालसम्म पुष्टि भने नभएको उनले बताए । गौतमका अनुसार जेठ ३१ मा नमुना संकलन गरिएको थियो ।
ढलमा पोलियो भाइरस देखा परेसँगै सरकारले खोप अभियान संञ्चालन गर्ने तयारी थालेको छ ।

