काठमाडौँ, १ साउन । सर्वोच्च अदालतका न्यायधिस तथा कानुन निर्मातासंग मस्तिष्क मृत्युपछि हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि छलफल गरिएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा मस्तिष्क मृत्यु पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अन्तर्किया कार्यक्रम गरिएको हो ।
मस्तिष्कमृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण क्षेत्रमा रहेका सामाजिक चुनौतीका वावजुत र जनचेतनाको अभिवृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत रहेको थियो । अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी सबैमा भयो भने मात्र अंग प्रत्यारोपण सहज हुन सक्छ भन्ने उद्देश्यले सर्वोच्च अदालतका न्यायधिस तथा अन्य क्षेत्रका विशिष्ट व्यक्तिलाई निमन्त्रणा गरिएको हो ।
शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विद् डा पुकार चन्द्र श्रेष्ठले मरेपछि खरानी भएर जाने अंग या गाडेर सकिने अंगदान दिन सके १ जना व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिने बताए । उनले  सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने कार्य सबैभन्दा महत्वपुर्ण भएको बताए । उनले मस्तिष्क मृत्यु पछि हुने अंगदान र प्रत्यारोपणमा अझै जनचेतना तथा प्रचारप्रसार पुग्न नसकेको बताए । डा.श्रेष्ठले सबैले आ– आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्यौ भने विदेशमा जस्तै ८० प्रतिशत प्रत्यारोपण नेपालमा पनि मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगबाट हुने र अंग नपाएर प्रत्यारोपण बाट बञ्चित हुने भइ मृत्युवरण गर्नु पर्ने आवस्थाकोे अन्त्य हुने जानकारी गराए ।

सर्वोच्च अदातलका न्यायाधीश सपना प्रधान मल्लले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपण क्षेत्रमा धेरै काम गरेको हुँदा त्यस केन्द्रमा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीले २४ घण्टा खटिएर काम गर्नुपर्ने अवस्था रहेको बताइन् । उनले कार्यरत कर्मचारीको परिवारको न्यूनतम आवश्यकता पुरा गर्नको निम्ती कठिनपर्ने हुँदा उक्त टिमलाई सुविधा बढाउनुपर्नेमा जोड दिइन् ।
उनले प्रत्यारोपणलाई व्यवस्थित बनाउनको लागि अंगदाताको स्वास्थ्यमा सहयोग पु¥याउने खालका कार्यक्रमको विका गर्नुपर्ने बताईन ।
कार्यक्रममा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले प्रत्यारोपण हुने संस्थामा अनिवार्य रुपमा कानुन व्यवसायी राख्नुपर्ने बताए । उनले अंगदानबाट प्रत्यारोपण हुने अस्पतालमा कानुन व्यवसायी भएन भने अंगदानमा चलखेल हुने बताए ।

कानुन मान्त्रालयका सचिव फडिन्द्र गौतमले प्रत्यारोपण केन्द्रको आफ्नै भवन नभएको र  सानो स्थानवाट अंग प्रत्यारोपण जस्तो कार्य सफलताका साथ सम्पन्न गर्न खटिने चिकित्सक कर्मचारीलाई कामको आधारमा मुल्याङ्कन गरी थप इन्सेन्टिभ दिनुपर्ने बताए ।  अंगदाता परिवारलाई अंगदान गरेवापत सोझै पैसा दिनुभन्दा अन्य किसिमवाट सम्मानजनक सहयोग गर्नुपर्र्ने बताए ।

 प्रकाशित :-  २०८१ श्रावण १, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय