काठमाडौँ, । हुम्लाका विद्यार्थीलाई काठमाडौँमा सम्मान तथा प्रोत्साहन गरिएको छ । नेपाल विद्यार्थी संघ ९नेविसंघ०का आयोजनामा हुम्लाबाट माध्यामिक शिक्षा परीक्षा ९एसईई० उत्र्तिण गरेर काठमाडौँ आएका विद्यार्थीलाइ सम्मान तथा प्रोत्साहन गरिएको हो ।

कर्णाली प्रदेशका पूर्व मुख्य मन्त्री जीवनवहादुर शाहीले हुम्लाबाट काठमाडौँ पढ्न आउन पाउनु भएको विद्यार्थीलाई भाग्यमानी भन्न्दै लगनशील भएर अध्ययन गर्न आग्रह गरे । उनले विद्यार्थीलाई पढेर हुम्लाकै विकास निर्माणमा लाग्न आग्रह गर्दै वाटो घाटो नभएको हुम्लाको विस्तार विकास निर्माण हुँदै गरेको बताए । उनले विद्यार्थीले आफूले इच्छाएको बिषय पढ्न भन्दै पढाईलाई ध्यान दिनुपर्ने सुझाव दिए।

कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य खेमवहादुर खड्काले विद्यार्थीलाई आफ्नै मिहिनेत गर्नुपर्ने भन्दै विद्यार्थीलाई केही समस्या परे आफूले सहयोग गर्न तयार रहेको बताए । उनले विद्यार्थीलाई सकारात्मक सोचका साथ अध्ययन गर्न समेत आग्रह गरे ।
मोटिभेटेर रोहित मल्लले विद्यार्थीलाई कति पनि नआत्तिकन अध्ययन गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति सदस्यद्धय अर्जुन महतारा, जयपति रोकाया, रम्बा शाही, कांग्रेस महासमिति सदस्य राज रोका, महाधिवेशन प्रतिनिधि धर्मराज जैसी, जिल्ला कार्यसमिति सदस्य जगत परिवार, हुम्ला–काठमाडौँ सम्पर्क समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
यसबर्ष हुम्लाबाट २९ जना एसईई उत्र्तिण गरेर काठमाडौँ पढन आएका छन् । सो अवसरमा विद्यार्थीलाई सम्मान सहित प्रमाणपत्र दिइएको नेविसंघका केन्द्रीय सदस्य खड्काले जानकारी दिए ।

 प्रकाशित :-  २०८१ अषाढ २५, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय