काठमाडौँ, २० असार । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालको स्थापना दिवसको अवसरमा हेमोडायलासिस संचालन गर्ने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक दीपक चन्द्र बरालले विरामीको मध्यनजर गर्दै हेमोडायलासिस सेवा संचालन गर्ने जानकारी दिए ।
उनले आगामी शनिवार असार २२ गते अस्पतालमा विविध कार्यक्रम गरि स्थापना दिवस मनाउने निर्णय भएसंगै व्लड बैंक, हेमोडायालासिस स्थापना गरिने बताए ।
दिवसको अवसरमा निःशुल्क मृर्गौला जाँच, १५० जनालाई सय रुपियाँमा अल्ट्रासाउण्ड र १५० जनालाई निःशुल्क सेनेटरी प्याड वितरण गरिने उनको भनाई रहेको छ ।
व्लड बैंकमा जम्मा भएको रगत विरामीले पाएको कुराको जानकारी रक्तदातालाई एसएमएस मार्फत जानकारी दिइने छ ।
अस्पतालले स्थापना दिवसको अवसरमा १२ वटा अत्याधुनिक शैय्या र ६ वटा सघन उपचार कक्ष (आइसियु) संचालनमा ल्याएको छ ।
सय शैय्याको अस्पतालमा विरामी उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको उनले बताए । अस्पतालका निर्देशक बरालले सर्वसाधारणदेखि धनाढ्य व्यक्तिसम्मलाई गुणस्तरिय स्वास्थ्य सेवा दिने बताए ।

एभरेष्ट अस्पताल नेपालकै दोस्रो नसिंग होमको रुपमा संचालन भएको थियो ।

 प्रकाशित :-  २०८१ अषाढ २०, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय