काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)को जारी राष्ट्रिय महिला भेलामा महिला भेलामा ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गर्न थालिएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको आयोजनामा भेलामा सहभागि महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गर्न थालिएको हो ।
महासंघका उपाध्यक्ष शारदा खनालले एक हजार जना महिलाको ‘एचपिभि डिएन प्रविधि’बाट ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गर्न थालिएको जानकारी दिइन् ।
भेला स्थल वबरमहलस्थित कार्की व्याङकेटमा महिलाको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गर्न थालिएको हो ।
नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सवभन्दा बढी लाग्ने गर्दछ । विश्वमा भने महिलालाई सवभन्दा बढी स्तनक्यान्सर हुने गरेको छ ।

