काठमाडौं १२ जेठ । नेपालमा हिजो देखिएको कोरोना भाइरसको नयाँ सव भेरियन्ट ‘केपी’ सङ्क्रामक भएपनि कडा खालको नभएको बताइएको छ ।
सरुवा रोग विशेषज्ञ डा. सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा छिटो सरेपनि घातक भने नभएको बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको जिन सिक्वेन्सिङ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको थियो । “यो प्रजातिको भेरियन्टले मानिसलाई लामोसम्म रुघाखोकी लगाउने भएपनि त्यति घातक छैन” उनले भने, “तर दिर्घरोगी भएका विरामीले भने सतर्कता अपनाउनुपर्दछ ।”
कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फुलुन्जाको रुप लिने सक्ने भएकोले नियमित कोरोना भाइरस विरुद्धको खोप लगाउनुपर्ने उनको भनाई रहेको छ ।
‘केपी.१’ १२ जनामा, ‘केपी.२’ १७ जनामा, ‘केपी.३’ र ‘केपी.४’ एक÷एक जनामा देखिएको थियो ।

