काठमाडौँ, १० जेठ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को)को गाइडलाइन सल्लाहकार समूह कमिटीको सदस्यमा मनोनित भएका छन् ।

एस्कोले आफूलाई आगामी चार वर्षका लागि उक्त समूहको सदस्य पदमा मनोनित गरेको उनले जानकारी गराए । उक्त संंस्थाले क्यान्सर उपचार सम्वन्धी मापदण्ड बनाउने गर्दछ ।
सल्लाहकार समूहले क्यान्सरको उपचारका लागि मापदण्ड बनाउने काम गर्दछ ।
सल्लाहाकार समूहमा मनोनित भएका डा.शाही बैठकमा भाग लिन आगामी बुधबार अमेरिका जाने भएका छन् ।

 

 प्रकाशित :-  २०८१ जेष्ठ १०, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय