काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीले आमरण अनशन स्थगित गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चारबुँदे माग राखेर डा. केसीले ६ दिनअघि अनशन थालेका थिए । स्वास्थ्य स्थिती नाजुक बन्दै गएपछि चिकित्सकहरुले अनसन तोड्न आग्रह गरेका थिए ।

सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा, निष्पक्ष रूपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिस्चित गर्नुपर्ने लगायतका माग राख्दै अनसन थालेका थिए ।

 प्रकाशित :-  २०८१ जेष्ठ ३, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय