काठमाडौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आगामी आर्थिक बर्षदेखि एमविविएस पठाउने भएको छ ।
प्रतिष्ठानको २२ औ स्थापना दिवसको अवसरमा आज आयोजित विशेष समारोहमा प्रतिष्ठानका उपकुलपति प्रा डा. भूपेन्द्रवहादुर बस्नेतले आगामी आव.बाट एमबीबीएस कार्यक्रम सुरु गर्ने तयारी गरिएको बताए ।
“हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्तिको अधिकतम उपयोग साथै देशलाई आवश्यक चिकित्सक उत्पादन गर्न पनि हामीले आगामी आव. बाट एमबीबीएस कार्यक्रम सुरु गर्ने तयारीमा छौ,” उनले भने ।
प्रतिष्ठानले एमडी, एमएस , एमडीएस, डिएम, एमसीएच र नर्सिङ तथा अलाइड साइन्सका विभिन्न ६८ शैक्षिक कार्यक्रम रहेको छन् ।
उनले सय जना विद्यार्थीलाई एमविविएस पठाउने गरि तयारी गरिएको बताउनुभयो । “हामीले एमविविएसका लागि पाठ्यक्रम पनि तयार बनाइसकेका छौ । शिक्षक हामीसंग रहेका छन” उनले भने “वेसिक साइन्स पठाउने भवन मात्र हामीलाई आवश्यक हो । त्यसको माग हामीले सरकार समक्ष गरेका छौ ।”
उनका अनुसार पहिलो र दोस्रो व्याचमा भने ५०÷५० जना विद्यार्थी भर्ना गर्दछौ ।
प्रतिष्ठानको आफ्नै अस्पताल वीर अस्पताल रहेकोमा यसलाई सेवा सुविधा विस्तार गर्न सरकारबाट ५७० रोपनी जग्गा दुवाकोट प्राप्त भएको छ । उक्त स्थानमा एक हजार पाँच सय शैय्याको सुपर स्पेसियालिटी अस्पताल सहित मेडिकल कलेज नर्सिङ कलेज तथा अन्य अलाइड हेल्थ साइन्सका कलेजहरुका साथै आवास गृह बनाउने योजना सहित गुरुयोजना तयार पारेको उपकुलपति डा. बस्नेतले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ५०० शैय्याको अस्पताल र मेडिकल कलेज बनाइने छ ।

 प्रकाशित :-  २०८१ बैशाख २४, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय