काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन भएको हो ।
विभाजनको पक्षमा सात जना सांसदले हस्ताक्षर गरेका छन् ।

सांसदहरु राई सहित प्रदीप यादव, सुशीला श्रेष्ठ, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी, हसिना खानुत, रञ्जु ठाकुर लगायतको हस्ताक्षर रहेको छ । स्वास्थ्य मन्त्री यादवले वर्तमान सत्ता गठबन्धनलाई फुटाउन लागेको र पार्टीभित्र हस्तक्षपकारी भूमिका खेलेको उनीहरुको आरोप छ । नयाँ दलको नाम जसपा राखिएको छ । स्वास्थ्य मन्त्री यादव आज अमेरिकाबाट नेपाल फर्किने कार्यतालिका छ ।

 प्रकाशित :-  २०८१ बैशाख २४, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय