काठमाडौँ,  । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीलाई आज सम्मान गरिएको छ ।
अन्तराष्ट्रिय मानवअधिकार संगठन नेपालले आज यहाँ आयोजित कार्यक्रममा उनलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपवहादुर मगरले सम्मान गरेका हुन् ।
क्यान्सर रोग विशेषज्ञ डा. शाहीलाई क्यान्सर रोगबाट नेपालीलाई जोगाउन समाजिक संजाल, मिडिया र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारहरु मार्फत क्यान्सर सम्बन्धी तथ्यगत तथा प्रमाणिक सूचना प्रवाह गर्दै, क्यान्सर लागेका विरामीको उपचारमा दिन रात नभनि निरन्तर क्रिया रही मानबीय सेवाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा आयोगका अध्यक्ष मगरले शाहीले क्यान्सर रोगमा पुर्याएको सहयोगले सम्मान गरिएको भन्दै क्यान्सरबारे अझ जनचेतना जगाउनु पर्ने बताए ।
उनले आयोगले आर्टिफिकेशन इन्टिलिजेन्टको मानवअधिकारको दृष्टिबाट कसरी ग्रहण गर्ने भन्नेमा अध्ययन भइरहेको बताए । उनले चिकित्सकको काम पनि आर्टिफियल इन्टिलिजेन्टले (एआई) गरिदिने भएकोले चुनौति थपिएको बताए ।
नेपाल भारतमा धेरै रहेकोले त्यहाँ दु:ख पाइरहेको भइरहेको उनले बताए ।
विदेशमा गैरकानून रुपमा नेपाली जाने गरेको उल्लेख गर्दै त्यसरी गैरकानून रुपमा विदेश जानु हुँदैन भनेर सचेतना जगाउन आवश्यक रहेको बताए ।
संगठनका अध्यक्ष भिकेएस ठकुरीले संगठनले मानव अधिकारको पक्षमा वकालत गर्ने बताए ।

 प्रकाशित :-  २०८० फागुन ११, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय