काठमाडौँ, ७ फागुन । ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ को लागि सबै स्टल बुकिङ भएका छन् ।
नेपाल औषधी उत्पादक संघले नेपाली औषधीको प्रवद्र्धन र अन्तर्रािष्ट्रिय बजारमा चिनाउनका लागि आयोजना गरेको नेपाल फर्मा एक्स्पोमा सबै स्टल बुकिङ भएको संघका उपाध्यक्ष तथा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले जानकारी दिए ।
उनका अनुसार एक्स्पोका लागि १५० वटा स्टल बुकिङ भइसकेका छन् ।
‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक ’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म हुने फर्मा एक्स्पो हुँदैछ ।‘
उपाध्यक्ष बरालले अहिलेसम्म नेपाली उद्योगका २० वटा, औषधिको कच्चा पदार्थ उत्पादन तथा विक्रि विवरण कम्पनी ५० वटा, औषधि उत्पादनमा प्रयोग हुने मेसिन र प्रयोगशालाका स्टल, औषधि उद्योगको अध्ययन तथा अनुसन्धानका लागि चाहिने मेसिन तथा प्रयोगशाला (ल्याब)का स्टल रहेको बताए ।
यस्तै औषधि उद्योग बनाउनका लागि चाहिने जिएमपी स्टाण्डर्सका ढोका, बाल, भुई (फ्लोर), सिलिङ, बिजुली पानी हावासंग सम्बन्धित स्टल पनि बुकिङ भएका छन् ।
एक्स्पोमा नयाँ औषधि उद्योग बनाउनका लागि चाहिने सवै भवन, मेसिन, प्रयोगशाला, कच्चापदार्थ लगायतका सबै स्टल राखिने उनले जानकारी दिए ।
उनले अहिले स्टलको डिजाइनको काम भइरहेको बताए । एक्स्पोको लागि विदेशबाट ल्याउन थालिएको प्रयोगशाला र मेसिन पनि एक्स्पो स्थलमा आउन थालेको छन् ।
प्रत्येक दुई/दुई बर्षमा हुने एक्स्पोमा यसबर्ष ३० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

