काठमाडौँ, । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा. जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीको चार वर्षे कार्यकाल गत माघ २६ गते सकिएको थियो ।
वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा जोशीले अहिले गेटा अस्पतालमा प्रमुखको रुपमा रहेका छन् ।
उनी गेटा अस्पतालभन्दा अगाडि राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारीमा रहेका थिए ।
प्रकाशित :- २०८० फागुन ६, आईतबार

