काठमाडौं, २ बैशाख । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालयको प्रगतिबारे संक्षिप्त जानकारी लिँदै आम नागरिकले पाउने सेवामा कुनै पनि गुनासो आउन नदिने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ। मन्त्री मेहताले ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ को कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन कर्मचारीहरूलाई मार्गनिर्देशन गर्नुभयो। उहाँले अस्पतालहरूको सेवा प्रवाहलाई चुस्त बनाउन र तोकिएका वार्षिक लक्ष्य तथा कामहरू शतप्रतिशत सम्पन्न गर्न स्पष्ट निर्देशन समेत दिनुभएको छ।

यसैक्रममा मन्त्री मेहताले जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न मन्त्रालयका हरेक संयन्त्र जिम्मेवार र जवाफदेही हुनुपर्नेमा विशेष जोड दिनुभयो।

 प्रकाशित :-  २०८३ बैशाख २, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय