काठमाडौंँ, १५ पुस : नेपालमा फेरि आज एक जनालाई मङ्कीपक्स सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङख्याका प्रवक्ता डा. प्रकाश बुढाथोकीले साउदी अरबबाट आएका एक पुरुषमा सङ्क्रमण देखिएको पुष्टि गरे । आज देखिएकोसंगै तेस्रो पटक नेपालमा मङ्कीपक्स सङ्क्रमण देखिएको हो ।
उहाँका अनुसार आज टेकुस्थित राष्टिञय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ति व्यक्तिमा मङ्कीपक्स सङ्क्रमण देखिएको हो ।
“साउदी अरवबाट आएका ति पुरुषको आज राष्टिञय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा आज मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि भएको हो” उनले भने “ति सङ्क्रमित व्यक्तिको विस्तृत विवरण अझै आइसकेको छैन ।”
गत पुस ५ गते पनि साउदी अरवबाट आएका एक पुरुषमा सङ्क्रमण देखिएको थियो । यस्तै दुई बर्ष अगाडि एक विदेशी नागरिकलाई पनि नेपालमा नै मङ्कीपक्स सङ्क्रमणको देखिएको थियो ।
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले सङ्क्रमित व्यक्तिको अहिले शुक्रराज टञपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको बताए ।
उहाँले मङ्कीपक्स सङ्क्रमित पहिलो र दोस्रो व्यक्तिको कन्टयाक्ट ट्रेसिङ समेत गरिरहेको बताए । “पहिलो र दोस्रो सङ्क्रमित व्यक्ति कहाँ कहाँ हुदै नेपाल आएका र ति व्यक्तिले कसकसलाई भेटेको भनेर हिस्ट्री लिने काम भइरहेको छ” उनले भने ।
मन्त्रालयले मङ्कीपक्स सङ्क्रमण देखिएपछि सिमा नाका र त्रिभुवन विश्वविद्यालय अन्तर्राष्टिञय विमानस्थलमा रहेका हेल्थ डेक्सलाई सजकता अपनाएको छ ।

 

 

 प्रकाशित :-  २०८१ पौष १५, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय