काठमाडौँ, २ साउन । नेपालमा पहिलो पटक ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ ।
स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको पोलियो रोग र निगरानी बिषयक अन्तरक्रिया कार्यक्रममा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले काठमाडौँको टुकुचा खोला र वागमती नदीको संगम स्थल टेकुमा पोलियो जिवाणु भेटिएको बताए ।
उनका अनुसार दुई नदीको संगम स्थलबाट संकलन गरिएको ढलको नमूनामा पोलियो जिवाणु भेटिएको बताए । ढलमा पोलियो जीवाणु देखिएको पहिलो पटक हो ।
नेपालमा सन् २०१० मा अन्तिम पटक देखिएको मानिसमा देखिएको थियो । नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने लक्ष्य राखेको छ ।
“अहिले देखिएको पोलियो व्यक्तिमा नभई ढलका देखियो । पोलियोको जिवाणु जहाँ देखिएपनि संवेदनशिल बिषय हो,” उनले भने,“ढलमा देखिनुले कतै व्यक्तिमा पनि छ कि भन्ने हाम्रो आशङ्का हो । ”
खोप शाखा प्रमुख डा. गौतमले ढलमा जीवाणु देखिनु संवेदनशिल भएको भन्दै कतै व्यक्तिमा जीवाणु छ कि भनेर खोज्ने बताए ।
उनका अनुसार थाइल्याण्डको बैककमा ढलमा सङ्कलन गरिएको नमूना परीक्षण गर्दा असार २९ गते पोलियो जीवाणु देखिएको पुष्टि भएको हो । ढलको नमूना सङ्कलन भने जेठ १३ गते दुई नदीको संगम स्थलबाट गरिएको हो ।
नेपालमा पोलियो उन्मुलन भएपछि १० बर्षपछि पोलियाको जिवाणु भेटिएको हो । उनका अनुसार उक्त पोलियोको जीवाणु प्राकृतिक रुपमा पाइने ‘वाइल्ड पोलियो’ नभएर ‘भ्याक्सिन डिराभ्ड पोलियो टाइप–३’ जीवाणु भएको हो । “टुकुचा र वामगतीको संगम स्थल टेकुमा देखिएको हुनाले पोलियोको पाइरस काठमाडौँ उपत्यकाबाट नै आएको हुनसक्छ” उनले भने ।
मन्त्रालयले पोलियो भाइरस मानिसको दिशामा देखिने भएको हुनाले सन् २०१७ वातावरण सर्भेलेन्स समेत गरिरहेको थियो ।
पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।
उपत्यकामा पोलियोको जिवाणु भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो रोग विरुद्धको खोप अभियान संचालन गर्दै छ ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले जन्मेदेखि पाँच बर्ष मुनिका बालबालिकालाई घरघर गएर पोलियो रोग विरुद्धको ‘आइपिभि’ खोप अभियान संचालन गर्न थालिएको बताए ।
उनका अनुसार खोप यहि साउन ९ गतेदेखि १२ गतेसम्म संचालन हुने छ । दुई लाख ८० हजार बालबालिकालाई खोप लगाइने छ ।
अभियानसंगै घर र अस्पताल पोलियोको जीवाणु छ कि छैन भनेर पनि परीक्षण गरिने उनको भनाई रहेको थियो ।
कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पोलियो भाइरसले मानिस सङ्क्रमित नहोस भनेर खोप अभियान संचालन गरेको बताए ।

 प्रकाशित :-  २०८१ आश्विन ४, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय