काठमाडौँ, २ असोज स् विश्वमै कुष्ठरोग निवारणका लागि अनवरत लागि लडिरहेका जापानको ‘द निप्पोन फाउण्डेसन’का अध्यक्ष योहेइ सासाकावाले कुष्ठरोगको समयमै उपचार गरे स्थायी अपाङ्गता हुनबाट बच्न सकिने बताएका छन् ।
नेपाल भ्रमणमा आएका उनले आज यहाँ सञ्चारकर्मीसँगको कुरा गर्दै कुष्ठरोगबाट हुने स्थायी अपाङ्गतालाई रोक्नका लागि प्रारम्भिक पहिचान र उपचार आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष योहेइले भने “कुष्ठरोगको डर र सामाजिक कलङ्कको जरा गहिरो छ, यो रोगको छवि परिवर्तन गर्न तथा भेदभाव हटाउनका लागि अझैै काम गर्न बाँकी छ । हामीले शून्य कुष्ठरोगको परिकल्पना लिएका छाँै, जसले रोगसँग सम्बन्धित सबै प्रकारका पीडाहरुबाट मुक्त संसारको निर्माण गर्न सकोस् ।”
द निप्पोन फाउण्डेसनले सन् १९७५ देखि विश्वस्वास्थ्य सङ्गठनमार्फत कुष्ठरोग प्रभावित देशका राष्ट्रिय कुष्ठरोग कार्यक्रमलाई सहयोग गर्दै आएको छ । उहाँ कुष्ठरोग र यसको साथमा जोडिने कलङ्क र सामाजिक भेदभावविरुद्धको लडाईमा ४० वर्षभन्दा बढी समयदेखि प्रतिबद्ध भएर लडिरहेका छन् । अध्यक्ष योहेइ कुष्ठरोग प्रभावित व्यक्तिहरुको मानवाधिकारका लागि सन् २००७ देखि हालसम्म जापानी सरकारका सद्भावनादूत नियुक्त भए। त्यस्तै उहाँ सन् २००१ देखि हालसम्म विश्वस्वास्थ्य सङ्गठनद्वारा कुष्ठरोग निवारणका लागि सद्भावनादूतका रुपमा कार्यरत रहेका छन् ।
नेपालमा सन् १९६० मा पहिलो पटक कुष्ठरोगको सर्वेक्षण भएको थियो । सन् १९६६ मा नेपालमा कुष्ठरोगको डप्सन मोनोथेरापीमार्फत उपचार पद्धति सुरु भएको थियो । सन् २०२१ मा शून्य कुष्ठरोगको मार्गचित्र तयारी गरिएको थियो । नेपालमा आर्थिक वर्ष २०७९र८० मा दुई हजार ५२२ नयाँ कुष्ठरोगका नयाँ केश देखिएको थियो । हाल ३४ जिल्लामा कुष्ठरोग शून्य छ ।
कुष्ठरोग अझै पनि १२० भन्दाबढी देशमा रहेको छ । सन् २०२२ मा विश्वमा एक लाख ७४ हजार ८७ नयाँ केशहरु भेटिएको तथ्याङ्क छ । विश्वभर निःशुल्क उपलब्ध मल्टिड्रग थेरापीमार्फत कृष्ठरोगको उपचार गरे निको हुन्छ । यो एक सङ्क्रामक रोग हो । जसले मुख्यतया छाला र परिधीय स्नायुलाई असर गर्छ । यो रोग सिँगान तथा तरल पदार्थ, थुक वा खकारबाट सर्दछ ।
अध्यक्ष योहेइ नेतृत्वको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री ओलीसँग भेट
अध्यक्ष योहेइ नेतृत्वको प्रतिनिधिमण्डलले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष योहेइले कुष्ठरोग निवारणका लागि गरेका कामका बारेमा प्रधानमन्त्रीलाई अवगत गराए  ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा कुष्ठरोग निवारणका लागि गरेको योगदानका लागि अध्यक्ष योहेइलाई धन्यवाद दिए । आजै सो प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।

 प्रकाशित :-  २०८१ आश्विन २, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय