काठमाडौँ, २१ भदौ ः बर्खासंगै जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढदो रहेको छ । भदौ १५ देखि असोज १५ सम्म (अग्रेजी महिना अगष्ट)मा जापानिज इन्सेफलाइटिस्को जोखिम उच्च हुने भएकोले सवैलाई बच्न आग्रह गरिएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले भदौ १५ देखि असोज १५ सम्म जापानिज इन्सेफ्लाइटिस रोगको उच्च जोखिम रहेको बताए ।
उनका अनुसार सामान्यता साउनदेखि कात्र्तिकसम्म जापानिज इन्सेफ्लाइटिस देखिएपनि पोथी प्रजातिको ‘क्युलेक्स’ लामखुट्टेले पानी जम्ने र फुल पार्ने भएकोले यो महिना उच्च जोखिम भएको हो ।
“ ‘क्युलेक्स’ प्रजातिको लामखुट्टे यहि महिनामा धान खेतमा जम्मा हुने पानीमा फुल पार्ने र ति फूलबाट लामखुट्टेको बृद्धि हुने गर्दछ,”उनले भने, “यसरी बृद्धि हुने लामखुट्टेले सुगुर र हाँसलाई टोकेर आफूमा सङ्क्रमण सार्दछन र ति सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग सार्ने गर्दछन ।”
‘क्युलेक्स’ लामखुट्टेले फोहोर पानीमा फुल पार्ने गर्दछ ।
जापानिज इन्सेफलाइटिस पोथी प्रजातिको लामखुट्टे ‘क्युलेक्स’ले सुगुर र हाँसलाई टोक्यो भने सो लामखुट्टे सङ्क्रमति हुने र ति सङ्क्रमित लामखुट्टे मानिसलाई टोकेमा सर्ने गर्दछ । उक्त लामखुट्टै झिसमिसे, साँझ र मिर्मिरे बिहानीको समयमा सक्रिय हुन्छ ।
जापानिज इन्सेफलाटिस् मानिसबाट मानिसमा भने सदैन ।
शाखा प्रमुख डा. गौतमका अनुसार सन् २०२४ को अहिलेसम्म ४२ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा लक्षण भएका ६८० मध्ये ४२ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको पुष्टि भएको हो ।
उनका अनुसार अहिलेसम्म कैलाली, चितवन, सर्लाही र सुनसरी गरि चार जिल्लामा ६ जनाको मृत्यु भएको छ ।
जापानिज इन्सेफलाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टे टोकेको ६ देखि १६ दिनसम्म लक्षण देखापर्ने उनले बताए ।
सरकारले सन् २०१६ वाट नै जन्मेको १२ महिनाका बालबालिकालाई जापानिज इन्सेफलाइटिस् विरुद्धको खोप दिदै आएको छ । सन् १९९९ देखि २००६ सम्म केही उच्च जोखिम भएका जिल्लामा खोप दिएपनि पछि जन्मेका सवै बालबालिकालाई उक्त सङ्क्रमणबाट जोगाउन खोप दिदै आएको छ ।
शखा प्रमुख डा. गौतमले १२ महिनामा छुट भएका बालबालिकालाई ५ बर्षसम्म खोप दिइने जानकारी दिए । जापानिज इन्सेफलाटिस् धेरै जसो १५ बर्षमुनिका बालबालिकामा हुने गर्दछ । यो रोग लामखुट्टेले टोकेमा मस्तिष्कमा सङ्क्रमण हुने गम्भिर रोग हो ।
लक्षण
उनका अनुसार लामखुट्टैले टोकेपछि बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता समस्या देखिने गर्दछ ।
बच्ने उपायहरु
लमखुट्टैको टोकाईबाट बच्न झुट टाँगेर मात्र सुत्ने, हाँस, कुखुरा, सुगुर जस्ता घरपालुवा जनावरलाई घरदेखि टाँढा राख्ने, घर वाहिर निस्कदा वा खेतवारीमा काम गर्दा पुरा वाहुला भएको लुगा लगाउने, घरको झ्याल, ढोकाम जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे बृद्धि हुने भएकोले घर वरिपरी पानी जम्न खाल्डाखुल्डी पुर्ने, लामखुट्टे भगाउने धुप बाल्ने वा मलम लगाउनुपर्दछ ।

