काठमाडौं ९ साउन । सरकारले आजदेखि काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दै छ ।
काठमाडौंमा ढल मिसिएको पानीमा भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौं उपत्यकामा आजदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साउन ९ देखि १२ गतेसम्म जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर खोप दिइने छ ।

सरकारले अहिले नियमित खोपमार्फत मुखबाट पोलियो थोपा खुवाउँदै आएको छ । नियमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ ।

सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस ,भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३ देखिएपछि खोप दिन लागेको हो । टुकुचा र वाग्मती मिसिएको खोलाको पानी परीक्षण गर्दा उक्त भाइरस देखिएको हो ।

 

 प्रकाशित :-  २०८१ श्रावण ९, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय