सन् २०१४ मा नेपाल पोलियोमुक्त राष्ट्र घोषणा भएपनि केही देशमा अकै पनि पोलियो सङ्क्रमण विद्यमान छ । संसारबाट पोलियो उन्मूलन नभएसम्म पुनः यसको महामारी फैलिन सक्ने जोखिम रहिरहन्छ । पोलियोको कुनैपनि उपचार छैन यसबाट बच्ने उपाय भनेको खोप हो ।
त्यसैले, सबै शिशुलाई सबै खोप (मुख तथा सुइबाट ) समयमै दिऔं । साथै, पोलियो खोपको कभरेज वडा स्तरमा ९० प्रतिशत भन्दा बढी राख्नुपर्ने अवस्था रहेको छ, जसले आमा र बालबालिकाहरूका लागि स्वस्थ भविष्य निर्माण पार्न सघाउ पुग्छ । पोलियो खोप सबै शिशुहरूले पाएको सुनिश्चित गर्न जरुरी छ ।
पोलियो रोग कसरी सर्छ ?
पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । यो रोगबाट बच्न बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियो विरुद्धका नियमित खोपहरु पूर्ण मात्रा दिनु पर्दछ । साथै, व्यक्तिगत सरसफाइ, शुद्धिकरण गरिएको पानी र स्वच्छ खानामा विशेष ध्यान दिनु पर्दछ ।
पोलियो कस्तो किसिमको रोग हो ?
यो रोग पोलियो भाइरसको संक्रमणबाट हुन्छ । पोलियो भाइरस पि १, पि २, पि ३ गरी तीन प्रकारका हुन्छन् र तिनवटै प्रकारका भाइरसबाट पोलियो रोग हुनसक्छ । यो रोगलाई “पोलियोमाईलाईटिस“ पनि भनिन्छ । पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ र पक्षघात भईसकेपछि निको हुँदैन । किनभने, यसको कुनै निश्चित औषधी उपचार नै छैन । यो रोगबाट मृत्यु पनि हुनसक्छ ।
पोलियो रोग कुन उमेरका मानिसहरूलाई हुनसक्छ ?
पोलियो रोग जुनसुकै उमेरका मानिसलाई हुनसक्छ । तर ५ वर्ष मुनिका बालबालिका यो रोगको बढी जोखिममा हुन्छन् ।
पोलियो रोगबाट कसरी सुरक्षित हुन सकिन्छ ?
पोलियो रोग विरुद्धको खोप लगाउनु नै यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय हो । यो रोग विरुद्धको खोप दुई प्रकारका छन्।
ओ.पि.भी. खोपलाई ओरल पोलियो भ्याक्सिन भनिन्छ र आई.पि.भी. खोपलाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन भनिन्छ ।
ती मध्ये एउटा खोप मुखबाट खुवाउनु पर्छ जसलाई ओ.पि.भी. खोप भनिन्छ र अर्को खोप सूईबाट दिनुपर्छ जसलाई आई.पि.भी. खोप भनिन्छ ।
पोलियो रोग कुन उमेरका मानिसहरूलाई हुनसक्छ ?
पोलियो रोग जुनसुकै उमेरका मानिसलाई हुनसक्छ । तर ५ वर्ष मुनिका बालबालिका यो रोगको बढी जोखिममा हुन्छन् ।
पोलियो रोगबाट कसरी सुरक्षित हुन सकिन्छ ?
पोलियो रोग विरुद्धको खोप लगाउनु नै यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय हो । यो रोग विरुद्धको खोप दुई प्रकारका छन् ।
ओ.पि.भी. खोपलाई ओरल पोलियो भ्याक्सिन भनिन्छ र आई.पि.भी. खोपलाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन भनिन्छ ।
ती मध्ये एउटा खोप मुखबाट खुवाउनु पर्छ जसलाई ओ.पि.भी. खोप भनिन्छ र अर्को खोप सूईबाट दिनुपर्छ जसलाई आई.पि.भी. खोप भनिन्छ ।
पोलियो रोग विरुद्धको खोप कति पटक लगाउनु पर्दछ ?
पोलियो रोग विरुद्धका दुईवटा खोपहरू मध्ये : ओ.पि.भी. खोप नियमित खोपको माध्यमबाट तीन पटक लगाउनुपर्छ । जसमा पहिलो पटक ६ हप्ताको उमेरमा, दोस्रो पटक १० हप्ताको उमेरमा र तेस्रो पटक १४ हप्ताको उमेरमा लगाउनुपर्छ । आई.पि.भी. खोप नियमित खोपको माध्यमबाट दुई पटक लगाउनुपर्छ जसमा पहिलो पटक १४ हप्ताको उमेरमा र दोस्रो पटक ९ महिनाको उमेरमा लगाउनुपर्छ ।
स्रोतः राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

