काठमाडौँ, १३ जेठ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट चालु आर्थिक वर्ष २०८०र८१ को फागुनसम्म ३५ हजार विपन्न नागरिकले सेवा लिएका छन् । फागुनसम्म ३५ हजार एक सय ४३ विपन्न नागरिकले सेवा प्राप्त गरेका हुन् ।
आज सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८०र८१ मा १७ हजार आठ सय ८८ ले क्यान्सर, पाँच हजार दुई सय ९९ ले मुटु, एक सय ९१ ले मिर्गौला प्रत्यारोपणसहित आठ हजार आठ सय ८२ नागरिकले मिर्गौलासम्बन्धी सेवा पाएका छन् । त्यसैगरी हेमोडायलाइसिसको उपचार सात हजार तीन सय आठ, पेरिटोनियल डायलाइसिस तीन सय ६९, मिर्गौलाको औषधि सेवन गरिरेहका छ सय छ, सेरो पोजेटिभ हेमोडायलाइसिस एक सय ६६ जना र क्रस म्याचका दुई सय ४२ जना बिरामीले सेवा लिएका छन् ।
त्यस्तै, पार्किन्सन्सका ७८, अल्जाइमर ३४, हेड इन्जुरी पाँच सय ६४, स्पाइनल इन्जुरी आठ सय ७७ र सिकलसेल एनिमियाका एक हजार पाँच सय २१ जनाले सहुलियत लिएका छन् । गत आर्थिक वर्षमा ३५ हजार दुई सय ८४ विपन्न नागरिकले यी सेवा प्राप्त गरेका थिए ।
सरकारले उक्त कार्यक्रमअन्तर्गत मुटुरोग, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाईनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियालगायत कडा रोगमा सहायता उपलब्ध गराउँदै आएको छ । सरकारले रु एक लाखसम्मको सहुलियत रकम प्रदान गर्दै आएको छ भने मिर्गौला प्रत्यारोपणक लाागि रु चार लाखसम्म सहुलियत रकम बिरामीले पाइरहेका छन् ।
आर्थिक वर्ष २०७८र७९ देखि विपन्न नागरिकको औषधि उपचारवापत मासिकरुपमा रु पाँच हजार आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था सरकारले गरेको थियो । चालु आवको पुससम्म २४ हजार दुई सय २४ विपन्न नागरिकलाई रु ८५ करोड ३७ लाख ३१ हजार उपलब्ध गराइएको छ । गत आर्थिक वर्षमा ४० हजार ५६ विपन्न नागरिकलाई रु एक अर्ब १३ करोड ९२ लाख ५६ हजार उपलब्ध गराइएको थियो ।

 प्रकाशित :-  २०८१ जेष्ठ १३, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय