काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.गोविन्द केसीले अनसन सुरु गरेका छन् । डा.केसीले शनिवार पत्रकार सम्मेलन गरी काठमाडौंमा २२औं पटकको अनसन सुरु गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा उनको मुख्य माग छ । सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामाको माग अघि सारेका छन् ।
निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् । सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा, निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिस्चित गर्नुपर्ने डा. केसीको माग छ ।

डा केसीले सबै नेपालीले गुणस्तरीय स्वास्थ्य उपचार र निशुल्क औषधि पाउनुपर्ने र आफूसँग विभिन्न समयमा सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्ने मागलाई पनि प्राथमिकताका साथ उठाएका छन् ।

 प्रकाशित :-  २०८१ बैशाख ३०, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय