काठमाडौँ, । सरकारले हरेक नागरिकको उपचारमा ४५ रुपियाँ खर्च गर्ने गरेको छ ।
स्वास्थ्य सेवा विभागले सरकारले हरेक नेपालीको स्वास्थ्य सेवामा ४५.८३ रुपियाँ खर्च गरिरहेको जनाएको छ । सरकारले संचालन गरेका निःशुल्क तथा विभिन्न कार्यक्रम मार्फत विरामीलाई उपचारमा सहुलितय दिएको छ ।
विरामीले कुल खर्चको आफ्नो गोजीबाट करिव ५४.१७ रुपियाँ गरिरहेका छन् । सन् २०३० सम्ममा विरामीले गर्ने खर्च घटाउने लक्ष्य लिइएकौ छ । २०३० मा ३५ रुपियाँमा झार्ने लक्ष्य लिइएकौ छ ।
यस्तै दिगो विकासको लक्ष्यले तय गरेका स्वास्थ्यको सूचाङकमा नेपालले प्रगति हासिल गरेको छ ।
नेपालको स्वास्थ्यमा सर्वव्यापी पहुँच अन्तर्गतको सेवा पहुँच सूचाङ्कमा ५४ प्रतिशत पु¥याएको छ । सन् २००० मा दिगो विकास लक्ष्यले तय गरेको सूचाङ्क २० प्रतिशत मात्र रहेको थियो ।
नेपालले निःशुल्क स्वास्थ्य कार्यक्रम, सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम, सामाजिक स्वास्थ्य विमा कार्यक्रम, आठ घातक रौगका लागि विपन्न नागरिक उपचार, विद्यालय स्वास्थ्य नर्स कार्यक्रम जस्ता कार्यक्रमलै गर्दा दिगो विकास लक्ष्यको सूचाङ्कमा प्रगति हासिल गरेको हो ।
विश्व स्वास्थ्य सेवा पहुँच सुचाङ्क ६८ प्रतिशत र दक्षिणपूर्वी एसिया देशमा ६२ प्रतिशत पुगेको छ ।
नेपालले आमा सुरक्षा कार्यक्रममा ७८ प्रतिशत, सरुवा रोगमा ६२ प्रतिशत र नसर्ने रोगमा ४६ प्रतिशत सूचाङ्क रहेका छन् ।
नेपालमा सवभन्दा उल्लेखनिय सुधारहरु सङ्क्रामक रोगमा देखिएको छ । त्यसपछि प्रजनन, मातृमृत्युदर, नवजात शिशु तथा बालमृत्युदरमा पनि प्रगति भएको छ ।
नेपालले सन् २०३० सम्म स्वास्थ्यमा सेवा पहुँच सुचाङ्क ९० पु¥याउने लक्ष्य लिएको छ ।

