काठमाडौँ, । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले देशव्यापी रुपमा विद्यालय तहमा धुम्रपान विरुद्धको अभियान संचालन गर्नु भएको छ ।
उहाँले विद्यालयस्तरमा स्वास्थ्य सचेतना मूलक अभियान ‘स्कुल हेल्थ प्रोग्राम’ संचालन गरेका छन् ।
उनले धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न धुम्रपान विरुद्धको अभियान भर्चुअल रुपमा संचालन गरिएको जानकारी दिए ।
उक्त कार्यक्रम अन्तर्गत धुम्रपान र सुर्ती सेवन सम्बन्धी विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता राखिएको छ ।
धुम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, सेवन कर्ताको परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने गरी प्रतियोगिता आयोजना गरेको डा. अनिलले जानकारी दिए । हाजिरी जवाफ प्रतियोगिता प्रत्येक प्रदेशबाट दुई÷दुई समूह सहभागि गराइने छ ।

“पछिल्ला दिनमा नेपालमा धुम्रपान र सुर्ती सेवन विद्यालयस्तरबाटै शुरू गर्ने घटना बढेको छ । अध्ययनअनुसार नेपालमा औसत १७ वर्षको उमेरमा धुम्रपान शुरू गरेको पाइन्छ । किशोरावस्थामै कुलतमा लाग्दा सानो उमेरमै जटिल स्वास्थ्य समस्याबाट गुज्रिनुपर्ने स्थिति छ,” उनले भने, “विद्यार्थीमा धुम्रपान र सुर्ती सेवनले स्वास्थ्यमा पार्ने असरबारे चेतना जागृत भयो भने उनीहरू आफूले पनि धुम्रपान र सुर्ती सेवन गर्दैनन् ।”
यहि माघ १८ देखि फागुन २ गतेसम्म दुई हप्तासम्म कार्यक्रम संचालन गरिरहनु भएको छ ।

“सरस्वति पुजा र प्रणय दिवसको दिनमा एकै पटक मानिसले चुरोट र सुर्ती छाड्न सक्दैनन” उनले भने, “त्यसैलेमाघ १८ गतेदेखि १४ दिने अभियान विद्यालयमा कार्यक्रम गरि मानिसहरुलाई सुर्तीजन्य पदार्थबाट बनेको चुरोट खैनी छोडाउँछौ ।”
सरस्वती पूजा तथा प्रणय दिवस दिन प्रतियोगितामा बिजय विद्यार्थीलाई पुरस्कृत गर्ने र चुरोट तथा सुर्ती छाड्नेलाई सम्मान गरिने उनको भनाई रहेको छ । अहिलेसम्म ५०० जनालाई छाड्ने प्रतिवद्धता जनाइसकेका छन् ।

 

 प्रकाशित :-  २०८० माघ २५, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय