काठमाडौँ, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा गएको विनाशकारी भूकम्पले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, चिनियाँ जनता र शोकाकुल परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गरे ।

“यस कठीन घडीमा नेपाल आफ्नो छिमेकी मुलुकको साथमा दृढतापूर्वक रूपमा उभिन्छ । हाम्रो समबेदना र प्रार्थना तपाईंहरुसँगै हुनेछन्” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन् ।

नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु गएको भूकम्पको धक्का काठमाडौमा पनि महसुस गरिएको थियो ।

 

 प्रकाशित :-  २०८१ पौष २४, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय