काठमाडौँ, १ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले म्याद गुज्रिएको कोरोना भाइरस विरुद्धको ४० लाख मात्रा ‘साइनोभ्याक’ नामक खोप डिस्पोजल गर्ने तयारी गरेको छ ।
मन्त्रालय अन्तर्गतको व्यवस्थापन महाशाखाले कोरोना भाइरस विरुद्धको उक्त खोप प्रयोगमा नै नआई म्याद सकिएपछि डिस्पोजलको तयारीमा गरिएको हो ।
महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले म्याद सकिएको खोप त्यतिकै नराखिने भएकोले डिस्पोजलको प्रक्रियामा लगिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार महाशाखाले उक्त ४० लाख खोप डिस्पोजलको लागि डिस्पोजल टोली समेत बनाएको छ ।उक्त खोप गत २०२३ को अक्टोवर महिनामा म्याद सकिएको थियो ।
उहाँले हेटौडास्थित हेटौडा सिमेन्ट कारखानामा लगेर डिस्पोजलको तयारी गरिएको बताउनुभयो ।
“हामी डिस्पोजलको प्रक्रियामा नै रहेका छौ । चाँडै नै ति ४० लाख मात्रा खोपको डिस्पोजल गर्दछौ,” उहाँले भन्नुभयो ।
कोरोनाको समयमा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि प्रयोग गर्न नमिल्ने भएपछि उक्त खोप लगाइएको थिएन ।
चीन सरकारले गत २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा पाँच लाख गरी ४० लाख मात्रा ‘साइनोभ्याक’ खोप उपलब्ध गराएको थियो ।
अहिले ति खोपलाई केन्द्रीय भण्डारण टेकुमा राखिएको छ ।

 प्रकाशित :-  २०८१ पौष १, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय