काठमाडौँ, २० असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सवै स्वास्थ्य संस्थालाई बाढी पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै सवै स्वास्थ्य संस्थाहरुले विपदबाट उद्धार गरिएका घाइते र विरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको जानकारी गराए ।
प्रदेश, जिल्ला र स्थानीय तहका दु्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ ।
प्रादेशिक स्वास्थ्य आपकालिन केन्द्रले हब तथा स्याटेलाइट अस्पतालसंग समन्वय गरि आकस्मिक चिकित्सिकीय समूहलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिए ।
हब तथा स्याटेलाइट अस्पताल संजालले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार प्रतिकार्य गर्न समेत अनुरोध गरिएको छ ।
स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुने गरि व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।
प्राकृतिक विपद्का वेला पानी प्रदुषित भई निम्त्याउने सक्ने पानीजन्य रोगहरु भ्mाडापाला, हैजा तथा किटजन्य रोगहरु डेंगी, मलेरिया पनि बढ्न सकने हुनाले सवैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान समेत अनुरोध गरिएको छ ।
मन्त्रालयले आपतकालिन अवस्थामा आइपरी स्वास्थ्य संस्थामा जानु परेमा तालिम प्राप्त चालक र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्सको हटलाइन १०२ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
यस्तै आपतकालिन अवस्थामा स्वास्थ्य सम्बन्धि कुनै समस्याको बारेमा जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

 प्रकाशित :-  २०८१ पौष १, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय