कठमाडौँ, २१ मङ्सिर ः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
“टिचिङ हस्पिटल महाराजगञ्जमा उपचार गराइरहनु भएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल र उहाँका परिवारजनलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छु । चिकित्सकहरुका अनुसार उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ। सम्माननीय राष्ट्रपतिज्यूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।
यही मङ्सिर १९ गते अस्पताल भर्ना हुनुभएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उनको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ ।

 प्रकाशित :-  २०८१ मंसिर २१, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय