काठमाडौँ, १९ मंसिर । आगामी २८ मंसिरमा हुने नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिका लागि प्रगतिशिल समूहबाट चन्द्रकला शर्मा नेतृत्वको समूहले आज उम्मेदवारी घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गरि उक्त समूहले २८ बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेको हो ।
निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोके बमोजिमको तलव सुविधाका लागि पैरवी गर्ने, रात्रीकालिन सेवामा खटिने नर्सलाई एक दिनको तलव बराबर र सार्वजकि विदा तथा चाड पर्व विदामा काम गर्नेलाई यथोचित भत्ताका लागि पहल गर्ने आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।
यस्तै जोखिम भत्ता तथा सुरक्षाको सुनिश्चितता, नर्सिङ क्याम्पसमा विश्वविद्यालयको मापदण्ड अनुसार फ्याकल्टीको व्यवस्था, स्कुल हेल्थ नर्स कार्यक्रमलाई सम्पूर्ण विद्यालयहरुमा दरबन्दी विस्तार, ५० भन्दा बढी कामदार रहेको उद्योगमा औद्योगिक नर्सको व्यवस्थाका लागि पहल गर्ने पनि उल्लेख छ ।
यस्तैे सुत्केरी भएको दुई बर्षसम्म र ५० बर्ष नाघेका नर्सहरुलाई रात्रीकालिन ड्यटी गर्न नलगाउने जस्ता नीतिगत व्यवस्थाका लागि पहल गर्ने, नर्स तथा महिला कार्यरत रहेका सवै संस्थामा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउने लगायतका २८ बुँदे प्रतिवद्धता घोषणा गर्नुभयो ।
प्रगतिशिल समूहबाट वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा देवका कुमारी आचार्य, सचिवमा बेली पौडेल, कोषाध्यक्षमा तुलसादेवी अधिकारीको उम्मेदवारी घोषणा भएको छ ।
यस्तै सदस्यहरुमा मेनका पोखरेल, हरिप्रसाद कोजु, कला बस्याल गुरुङ्, कोपिला विश्वकर्मा, पासपति अग्रवाल, सवेनाज वेगम, जानुका मोक्तान, शान्तिकुमारी विश्वकर्मा रहेका छन् ।
यस्ते नर्सिङ परिषद सदस्यमा राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारी छन् ।
सङ्घको यहि मङ्सिर २८ गते देशभरिका २० स्थानमा निर्वाचन हुँदै छ । नर्सिङ संघमा सधै वामपन्थीले जित्दै आएको छ ।

