काठमाडौँ, १३ मंसिर । राष्ट्रिय चिकित्सा अयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)को प्रवेश परीक्षाका लागि फारम खुलाइको छ । आयोगले शैक्षिक सत्र २०८१÷२०८२ का लागि स्नातकोत्तर तहको विभिन्न शैक्षिक कार्यक्रमको लागि एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन फारम खुलाएको हो ।
परीक्षाका लागि आयोगले यहि मंसिर १७ गतेदेखि पुस ७ गतेसम्म विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म नियमित दस्तुरमा फारम भर्न भनेको छ ।
यस्तै आयोगले दोब्बर दस्तुरमा पुस ७ गते अपरान्ह ४ बजेदेखि पुस १४ गते ४ बजेसम्म अनलाइन फारम भर्न आग्रह गरेको छ । आयोगले विभिन्न स्नातकोत्तर तहको ११ बिषयका लागि अनलाइन फारम खुला गरेको हो ।
यस्तै आयोगले माघ २६ गते, माघ २७ गते र माघ २८ गते प्रवेश परीक्षाको समय समेत तोकेको छ ।

