काठमाडौँ, २७ कात्तिक ः ७७ जिल्ला नै पूर्ण खोप घोषित भएका छन् । पछिल्लो पटक नुवाकोट जिल्ला पूर्ण खोप घोषित भएको हो ।
स्वास्थ्य सेवा विभागको वालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले ति सवै जिल्लाका दुई बर्ष मुनिका सतप्रतिशत बालबालिकाले सरकारले उपलब्ध गराएको खोप लगाएपछि पूर्ण जिल्ला घोषित हुने बताए । नेपालमा पहिलो पटक अछाम र पाल्पा पूर्ण खोप जिल्ला घोषित भएका थिए ।
“हामीले जन्मेदेखि बालबालिकालाई १५ महिनासम्म विभिन्न खोपका १८ मात्रा दिने गर्दर्छौ” उनले भने “ति खोप सवै बालबालिका पाएपछि ति जिल्लालाई पूर्ण खोप जिल्ला घोषित गर्दछौ ।”
सरकारले जन्मिनेवित्तिकै क्षयरोग विरुद्धको विसिजी खोप लगाउने गर्दछ ।
यस्तै ६ हप्ता र १० हप्तामा दुई पटक रोटा भाइरस, पोलियो भाइरस, निमोनिया, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटटिस–बी इन्फ्एन्जा–बी लगायतका रोग विरुद्ध क्रमशः रोटा, पोलियो, पिसिभि, डिपिटी, र हेप बी–हिब खोप लगाउने गरिन्छ ।
यस्र्त १४ हप्तामा पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटटिस–बी इन्फ्एन्जा–बी विरुद्धका खोप क्रमशः पोलियो विरुद्धको खोप, एचआइपिभि, डिपिटी र हेप बी–हिब खोप लगाउने गरिन्छ ।
यसैगरी ९ महिनामा पोलियो, दादुरा र रुवेला तथा निमोनिया विरुद्धको खोप क्रमशः एफआईपीभि, दादुरा र रुवेला विरुद्धको खोप र पिसिभि खोप तथा १२ महिनामा जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप र १५ महिनामा दादुरा र रुवेला तथा टाइफाइड विरुद्धको खोप दिने गरिन्छ ।
खोप शाखा प्रमुख शिशुलाई जन्मेदेखि १५ महिनासम्म दिइन नसकेको खोप १६ महिनादेखि २३ महिनाभित्र दिइने बताउनुभयो ।
उनले जिल्लाले कुनै न कुनै वेला आफूलाई पूर्ण खोप घोषित गर्नुपर्ने बताए ।
उनका अनुसार सवै जिल्ला पूर्ण खोप घोषित गरेपनि जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले अझै पनि १२ देखि २३ महिनासम्ममा ४ प्रतिशत बालबालिकाले कुनै खोप नपाएका उल्लेख गरिएको छ ।
उनँले १६ देखि २३ महिनासम्म पनि खोप नलगाएका बालबालिकालाई पाँच बर्षसम्म पनि खोप लगाइने बताए ।

 प्रकाशित :-  २०८१ कार्तिक २८, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय