काठमाडौं, २६ कात्तिक । सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले दिएको राजीनामा स्वीकृत गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले उनको राजिनामा स्वीकृत गरेको आज आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सरकार परिवर्तनसंंगै डा..लोहनीले गत २८ भदौमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल समक्ष राजिनामा बुझाएका थिए ।
डा. लोहनीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० नेतृत्वको सरकारले करिब एक वर्ष अघि बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।
प्रकाशित :- २०८१ कार्तिक २६, सोमबार

