काठमाडौँ, २५ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यका महत्वपूर्ण ठाउँका जिम्मेवारी हेरफेर गरेका छन् ।
यसअघि माथिल्ला तहमा जिम्मेवारी हेरफेर गरेका उनले यसपटक दोस्रो तहका एघारौ र दशौँ तहका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा भएका डा अनुप बास्तोला मन्त्रालय ल्याइएका छन्।
यस्तै स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा रहेका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीको मन्त्रालयको समन्वय महाशाखामा सरुवा भएको छ । सूचना केन्द्रमा डा केसीको ठाउँमा उपेन्द्र ढुंगानालाई पठाइएको छ ।
गेटा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा विप्लव सापकोटाको स्थानमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई पठाइएको छ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशक र सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक दुवै जिम्मेवारीमा रहेका डा प्रदीप केसीलाई वैद्यखानाका् मात्रै जिम्मेवारी दिइएको छ ।

