काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
मंगलबारदेखि ज्वरो आएर बिरामी पर्नुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेका छन् ।

उनका स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य आएका छन् । ‘उहाँको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेका छन्’, सचिवालयले भनेको छ ।

सामान्य ज्वरोका कारण प्रधानमन्त्री ओलीले मंगलबारबाट अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राखेका छैनन ।

 प्रकाशित :-  २०८१ कार्तिक २१, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय