काठमाडौँ, २१ कात्तिक ः नेपालमा डेङ्गी सङ्क्रमण घटदै गएको पाइएको छ । कात्तिक महिना यता सङ्क्रमण घटदै गएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढेको र सरकारले पनि डेङ्गी सार्ने लामखुट्टै नियन्त्रण गरेपछि सङ्क्रमण घटदै गएको जानकारी दिए ।
सरकारले डेङ्गी रोगको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तगा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गरेको थियो ।

उनका अनुसार अहिले नेपालमा ४२ औ हप्ताबाट डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५ औ हप्ता चलिरहेको छ ।

उनले ४२ औ हप्तामा मात्रै २ हजार ५८२ जना, ४३ हप्तामा दुई हजार २०४ जना, ४४ हप्तामा एक हजार ७१ ज्ना र ४५ हप्ता चलिरहदा ५५ जनामा मात्र डेङ्गी सङ्क्रमण देखिएको बताए ।

“जाडो बढेसंगै डेङ्गी सङ्क्रमण घटिरहेको छ” उनले भने, “४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन् । अव सङ्क्रमण घटेपनि सावधानी भने अपनाउनुपर्दछ ।”

अहिलेसम्म २९ हजार १५८ जनामा सङ्क्रमण र १२ जनाको निधन भएका छ । डेङ्गी सङ्क्रमण हुम्ला वाहेक सवै जिल्लामा देखिएको छ ।
सवभन्दा बढी कास्की जिल्लामा सात हजार २२४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गी रोग लाग्दछ ।

उपत्यकामा छ हजारभन्दा बढी

उपत्यकामा डेङ्गी सङ्क्रमण ६ हजार ६१२ जनामा देखिएको छ ।काठमाडौँ जिल्लामा चार हजार ५९५ जना, भक्तपुर ८३१ र ललितपुर एक हजार १८६ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

 

 प्रकाशित :-  २०८१ कार्तिक २१, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय