काठमाडौँ, १९ कार्तिक । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई अस्पताल भर्ना गरिएको छ ।
उनको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
चिकित्सकका अनुसार उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको छ।
शाहलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने चिकित्सकले बताएका छन् ।
प्रकाशित :- २०८१ कार्तिक १९, सोमबार

