काठमाडौँ, १३ कात्तिक : केन्द्रीय कारागार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीको विदाई गरिएको छ ।
केन्द्रीय कारागार व्यवस्थापन विभागका कारागार व्यवस्थापक कृष्णवहादुर कटुवालले सहित अस्पतालका कर्मचारीले विदाई गरेका हुन् । विदा समारोहमा कारागार व्यवस्थापक कटुवालले डा. बुढाथोकीको कार्याकालमा अस्पतालले कैदीबन्दीको उपचार राम्रोसंग गरेको बताए ।
उनले डा. बुढाथोकीकै पहलमा कैदीबन्दीको स्वास्थ्य विमा लागू गरिएको समेत बताए । “उहाँले अस्पताल सुधारका योजना धेरै ल्याउनु भएको छ” कारागार व्यवस्थापक कटुवालले भने,“ कैदीबन्दी उपाचारमा देखाउनु भएको कुरा सराहनिय रहेको छ ।” उनले डा. बुढाथोकीले विरामीलाई माया गरेर उपचार गर्ने गरेको समेत बताए ।
मेडिकल सुपरिटेन्डेन्ट डा. बुढाथोकीले नाम नसुनेको कारागार अस्पताललाई सरकारलाई झगझगाउने काम भएको भन्दै सरकारले पनि कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य समस्यालाई मुद्दा बनाएको बताए ।
उहाँले आफू स्वास्थ्य मन्त्रालयको प्रवक्ता समेतको जिम्मेवारी रहेकोले अस्पतालका कुनै पनि समस्या समाधान गर्ने लाग्ने बताए ।
नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषा रावलले डा. बुढाथोकीले गरेको पुरा हुन नसकेका काम आफूले पुरा गर्ने बताइन । उनले कारागार व्यवस्थापनले पनि अघिल्लो मेडिकल सुपरिटेन्डेन्टलाई जस्तै आफूलाई पनि सहयोग गर्न आग्रह गरिन् ।
डा. बुढाथोकी दुई बर्ष दुई महिना कारागार अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा काम गरेका थिए । उनी अहिले मन्त्रालयको प्रवक्ता सहित स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईको प्रमुख समेत रहेका छन् ।

