बाँके, १२ कात्तिक : कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ ।

टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ ।

आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगम र तारा एयरको ढल्रब्भ्ख् नं को विमान परीक्षण उडान गरिएको हो ।

संस्कृती प्रयटन तथा नागरिक उडड्यनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहार लगत्तै नियमित विमान सञ्चालन गरिने बताए । उनका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ ।

स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले वि सं २०४१ सालमा विमानस्थल सञ्चालनमा ल्याउनु भएको थियो । तीन वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थल वि सं २०५२ पछिको द्वन्द्वकाल शुरू भएसँगै नियमित विमान सेवा रोकिएको थियो ।

झण्डै १८ बिघा जग्गामा निर्माण गरिएको उक्त विमानस्थलमा झण्डै चार दशक लाग्दै गर्दा उक्त विमान स्थलमा नियमित उडानका लागि आज नेपाल वायुसेवा निगम र तारा एयरको विमानले परीक्षण उडान गरेको छ ।

परीक्षणका लागि टीकापुर विमानस्थलमा नेपाल ऐरलायेन्सको विमानलाई लिएर क्याप्टेन मनिष विष्ट, उज्जवल सिलवाल सहित म्यानेजर ज्ञानेन्द्र भूल इन्जिनियर सम्राट प्रधान, सुरेन्द्रप्रसाद यादव, युवराज रिजाल, एयरहोस्टेज डिम्पल भट्टराई एटिसी राजु महतोसहित १२ जनाको टोली आएको थियो ।

 प्रकाशित :-  २०८१ कार्तिक १२, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय