काठमाडौंः केहि समय अगाडि बंगलादेशमा भएको आन्दोलन र त्यसपछि आएको नयाँ सरकारको आगमनसँगै, अहिले आन्दोलनका घाइतेहरुको उपचारलाई प्राथमिकतामा राखिएको छ । आन्दोलनको क्रममाआँखामाचोट लागि नानी च्यातिएका, नानीमागहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका, आँखामागम्भीर चोट लागेका बिरामीहरुको उपचारार्थ बंगलादेश सरकारको पहल र नेशनलइन्ष्टिट्युट अफअप्थाल्मोलोजी, बंगलादेशको विशेष निमन्त्रणामा सेवा फाउण्डेशन, बंगोवन्धु शेख मुजीब मेडिकल र इशा पानी इश्लामिया आँखा अस्पताल, बंगलादेशसँगको सहकार्यमा तिलगंगा आँखा प्रतिष्ठानलाई प्रतिनिधित्वगर्दै वरिष्ठ आँखाको पर्दा रोग विशेषज्ञ डा. रबाथापाले उपचार सेवा प्रदान गर्नुभएको छ ।
सेवा फाउण्डेशन सन् १९७३ देखीआँखा स्वास्थ्यको क्षेत्रमाक्रियाशील एक सामाजिक संस्थाहो । संसारभरका १५० भन्दा बढि आँखा अस्पतालहरुसँग सहकार्य गर्दै आएको सेवाले बंगलादेशमापनि सेवा पु¥याउँदै आएकोमा हालैको अवस्थामाथपअन्तर्राष्ट्रिय उपचार सहायता आवश्यक परेको हो ।
सोहि क्रममा नेपालबाट डा.थापाका अलावा लुम्बीनी नेत्रविज्ञान अध्ययन संस्थानकि डा. सुशीला पटेल र डा. सबिता ढकाल पनि यस समुहमा सहभागी हुनुहुन्थ्यो । आँखामा गम्भीर चोट लागेका, दुर्घटनाबाट भएका मोतिबिन्दु र अन्यचोट, विशेषतः गोलीले क्षति पुगेका आँखामा जति सक्दो चाँडो उपचार आवश्यक परेकाले केराटोप्लास्टी र ग्लोब–सेभिङ प्रविधिहरूमा विशेषज्ञता भएका भिट्रेओ रेटिना सर्जनहरू र कोर्निया विशेषज्ञहरूको मागभएअनुसार वहाँहरु सहभागी हुनुभएको हो ।
तिलगंगाआँखा प्रतिष्ठानले यस किसिमका राष्ट्रिय तथाअन्तर्राष्ट्रिय सामाजिकउत्तरदायित्व पूरा गर्ने उपचार सेवाप्रदानगर्दै आइरहेको छ । सहभागि चिकित्सकहरुले समेत यस किसिमको सेवादायि कार्यमा सहभागि हुन पाएकोमा खुशी व्यक्तगर्दै यस्तो सहयोगले नेपाल र बंगलादेशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास गर्नुभएको छ ।

