काठमाडौं १६ असोज । केन्द्रीय कारागार अस्पतालमा छालाका विरामी धेरै रहेको पाइएको छ ।
आज यहा आयोजित अस्पतालको बार्षिक प्रगति प्रतिबेदन र स्मारिका विमचोन कार्यक्रममा अस्पतालका प्रमुख मैडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले अस्पतालमा रहेका १७ प्रतिशतमा छालाको रोग रहेको बताए ।
उनले कारागारमा रहेका सर्ने र नसर्नै रोगका विरामीलाई छुट्छाछुट्टै राख्न नसकिएकोले छाला जस्तो सर्ने रोगमा विरामी धेरै रहेको बताए ।
उनका अनुसार छालापछि आँखा, दाँत र मानसिक रोगी पनि रहेका छन् ।
उनले कारागारमा क्षमता भन्दा बढी कैदी भएकोले सर्ने रोगहरु चाँडै सर्ने गरैको बताए ।
अस्पतालका प्रमुख मैडिकल सुपरिटेन्डेन्ट डा. बुढाथोकीले कारागारमा क्षयरोग र एचआइभीका सङ्क्रमित बाहिर हल्ला गरेजस्तो नभएको बताए ।
अस्पतालले २६ सरकारी र केही निजी अस्पतालसंग सम्झौता गरि कैदीबन्दीको निःशुल्क उपचार गर्दै आइरहेको छ ।
उनले कारागार अस्पताललाई सामान्य र नख्खुस्थित अस्पताललाई मानसिक अस्पताल बनाउने गरि प्रक्रिया अगाडि बढैको समेत जानकारी दिए ।
कार्यक्रम गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले कैदीबन्दीलाई स्वास्थ्य सैवा चुनौतिपूर्ण रहेको बताए । उनले अस्पताल सुधार गर्नका लागि मन्त्रालय लागिपरेको समेत बताए ।
सरकारले कैदीबन्दीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको भन्दै व्यवस्थिति गर्नुपर्नै बताए ।
नेपालमा ७२ जिल्लामा ७६ वटा कारागार रहेको छन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले कैदीबन्दीलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न मन्त्रालयमा पनि क्रियाशिल रहेको बताए । उनले कारागारमा मानसिक अवस्था कैदीको जटिल भएकोले मानसिक चिकित्सकको दरवन्दी थप्नुपर्ने बताए ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई कैदीको स्वास्थ्य अवस्था जलिट रहेकोले अस्पतालमा उपचार सम्भव नभएकोले सुधार गर्नुपर्ने बताए ।
३० शैय्याको अस्पतालमा अहिले कैदीबन्दीलाई बहिरङ्ग सेवा, मनोरोग, छालारोग, जनरल मेडिसिन, आँखा तथा दाँतको रोगको उपचार तथा अल्ट्रासाउण्ड, इसिजी सेवा प्रदान गर्दै आइरहेको छ ।

