काठमाडौँ, १९ असोज । थापाथलिस्थिति परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले कुपण्डोलबाट पनि आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
थापाथलीमा ठाउँ अभावको कारणले अस्पतालले कुपण्डोलमा ३३ रोपनी जग्गामा बनेको साढे पाँच तले नयाँ अत्याधुनिक भवनबाट सेवा प्रदान गर्दै आइरहेको हो ।
कुपण्डोलमा निसन्तान उपचार सेवा अन्तर्गत टेष्ट्युव बेवी (इनभिट्रो फर्टिलाइजेशन (आईभिएफ) आइयुआई सेवा संचालन गर्नुको साथै निसन्तान उपचारका लागि स्वास्थ्यकर्मीलाई तालिम समेत प्रदान गर्दै आइरहेको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए ।
आइयुआई पुरुषको शुक्रकिटमा कमी, अण्डा नबन्ने समस्या र महिलाको महिनावारीमा आउने समस्यको कारणले सन्तान उत्पादनमा समस्या भएका विरामीको उपचार गरिन्छ । यसविधिबाट पुरुषको शुक्रकिट सफा गर्ने र स्वस्थ्य शुक्रकिट पाठेघरमा हाल्ने गरिएको निर्देशक डा. अधिकारीले बताए ।
उनका अनुसार यसविधि सस्तो भएकोले निसन्तान भएका दम्पतीका लागि पहिलो उपचार पद्धति भएको र यसविधिबाट सन्तान उत्पादन नभएपछि मात्र आइभिएफ विधि अपनाइन्छ ।
निसन्तानको उपचार गर्नका लागि दैनिक ४० देखि ५० जना नयाँ भवनमा आउने गरेको उनी बताउँछन् । तिमध्ये आईभिएफमा दैनिक दुई देखि तीन जना र आइयुआईमा चारदेखि पाँच जना विरामीहरु उपचारका लागि नै भनेर आउने गरेका छन् ।
यस्तै नयाँ ठाउँबाट परिवारनियोजन र सुरक्षित गर्भपतन सेवा पनि संचालन हुँदै आएको छ ।
अस्पतालका निर्देशक डा. अधिकारीले शैक्षिक कार्यक्रम पनि कुपण्डोलस्थित भवनबाट संचालन भइरहेको जानकारी दिए ।
विएस्सी नर्सिङ र विएस्सी मिडवाइफरी कार्यक्रम संचालनमा रहेका छन ।
उनले चाँडै नै पाठेघर र गर्भवति महिलाको उपचारसेवा पनि नयाँ भवन कुपण्डोलबाट गर्ने बताए ।
थापाथलीस्थित अस्पतालमा दैनिक एक हजार जना महिला कुनै न कुनै समस्या लिएर आउने गरेका छन । तिमध्ये ६० देखि ७० जना महिलाको प्रसुति गराउने गरेको उहाँको भनाई रहेको छ । ४० शैय्याबाट शुरु भएको अस्पताल अहिले ४८९ शैय्याको रहेको छ ।

 प्रकाशित :-  २०८१ आश्विन १९, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय