काठमाडौँ, १८ असोज । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनियुक्ती उपकुलपति डा.प्रदीप ज्ञवालीले पदभार ग्रहण गर्नु भएको छ ।
आज हेटौडास्थित प्रतिष्ठानको कार्यकक्षमा पुगेर पदवहाली गर्नु भएको हो ।
पदवहाली अघि आजै उहाँले मुख्यमन्त्री कार्यालयका मुख्यमन्त्री वहादुर सिंह लामाबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।
केही दिनअघि वागमती सरकारले डा. ज्ञवालीलाई चार वर्षका लागि प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा ज्ञवाली अहिले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अधययन संस्थानमा सहप्राध्यापकको रुपमा कार्यरत छन् । यसअघि उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवको रुपमा काम गरिसकेका छन् ।

