काठमाडौँ, १६ असोज । नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन यही मंसिर २८ र २९ गते हुने भएको छ। आज यहाँ आयोजित सम्मेलनमा संघका महासचिव डा.सन्जिब तिवारीले ‘हेल्थ वियोन्ड हेल्थ’ भन्ने मुख्य सन्देश सहित काठमाडौंमा दुई दिन सम्मेलन हुन लागेको जानकारी दिए।

सम्मेलन बबरमहलस्थित कार्की व्यांकेटमा हुनेछ ।

सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाव गत बर्षझैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने पनि उनले जानकारी दिए।

संघका अध्यक्ष डा अनिल कार्कीले स्वास्थ्य अनुसन्धानका विषयलाई उजागर गर्न तथा नीतिगत रुपमा राज्यलाई सुझाव पेश गर्न सम्मेलन महत्वपूर्ण कडी हुने बताए ।

संघले प्रत्येक दुई दुई बर्षमा सम्मेलन गर्दै आइरहेको छ । सम्मेलनम देशभरिका चिकित्सकको सहभागिता हुने छ ।

 प्रकाशित :-  २०८१ आश्विन १६, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय